स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

गणेश बहादुर बोहरा सह–महामन्त्री पदमा पुनः उम्मेदवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश अधिवेशनमा गणेश बहादुर बोहरा सह–महामन्त्री पदमा पुनः उम्मेदवारी दिने भएका छन्।

कुनै राजनीतिक पृष्ठभूमिबाट नआएका बोहरा पार्टीको स्थापना कालदेखि नै सुदूरपश्चिम प्रदेशका संस्थापक सदस्यका रूपमा सक्रिय रहँदै आएका छन्। सुदूरपश्चिमका नौवटै जिल्लामा संगठन विस्तार तथा सुदृढीकरणका लागि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको पार्टी वृत्तमा चर्चा छ।

सुदूरपश्चिममा करिब ८–१० जनाबाट सुरु भएको संगठनलाई आज करिब ५० हजार सदस्य तथा समर्थकको दायरासम्म विस्तार गर्न योगदान पुर्‍याउने नेतृत्वमध्ये बोहरा पनि एक मानिन्छन्। कम बोल्ने, इमान्दार, जिम्मेवार र मेहनती नेताका रूपमा परिचित उनले संगठन निर्माणमा निरन्तर समय, श्रम र समर्पण दिएका छन्।

पेशाले कृषक तथा यातायात व्यवसायी रहेका बोहरा व्यवहारिक अनुभव, संगठनप्रतिको निष्ठा र कार्यशैलीका कारण कार्यकर्तामाझ लोकप्रिय मानिन्छन्।

पार्टी संगठनलाई थप मजबुत बनाउने लक्ष्यसहित उनी सह–महामन्त्री पदमा पुनः प्रतिस्पर्धामा उत्रिएका हुन्।