स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

निःशुल्क पोखरा युनिभर्सिटी छात्रवृत्ति इन्ट्रान्स तयारी कक्षा NWA COLLEGE मा पुनः सञ्चालन

धनगढी। विगत केही वर्षदेखि NWA COLLEGE, धनगढी–२ मा निःशुल्क पोखरा युनिभर्सिटी छात्रवृत्ति इन्ट्रान्स तयारी कक्षा सञ्चालन हुँदै आइरहेको छ। यस वर्ष पनि उक्त कक्षा जेठ २५ गते बिहान ९:०० बजेबाट पुनः सञ्चालन भइसकेको छ।

पोखरा युनिभर्सिटीको छात्रवृत्ति (Scholarship) परीक्षामा सफल बनाउने तथा सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरू सञ्चालन गरी विद्यार्थीहरूलाई सहुलियत प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको कलेजका एकेडेमिक डाइरेक्टर भीमबहादुर चौधरी बताउनुहुन्छ।
यस्ता तयारी कक्षाले विगत वर्षहरूमा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। अनुभवी प्रशिक्षकहरूद्वारा सञ्चालन गरिने, कक्षामा छात्रवृत्ति परीक्षामा सोधिने विषयवस्तु, प्रश्न समाधान विधि, नमुना परीक्षा, समय व्यवस्थापन तथा परीक्षा रणनीतिबारे विशेष प्रशिक्षण प्रदान गरिने ।

गत वर्षको छात्रवृत्ति इन्ट्रान्स परीक्षामा सफल भएका विद्यार्थीहरूमा प्रकाश ढाँट, तुलसी भट्ट, रन्जु गिरी, कामना दाहाल, उर्मिला जोशी, दिनेश जोशी, भुवन कडायत, सिमरन चौधरी, दिनेश सिंह, युवराज विश्वकर्मा, परमेश चौधरी, अनिश चौधरी तथा यशोदा बोगटी रहेका चौधरी बताउनुहुन्छ। उनीहरूको सफलताले यस तयारी कक्षाको प्रभावकारिता प्रमाणित गरेको छ।

आर्थिक रूपमा छात्रवृत्ति प्राप्त गरी उच्च शिक्षा अध्ययन गर्ने लक्ष्य राखेका विद्यार्थीहरूका लागि यो तयारी कक्षा अत्यन्त उपयोगी हुने विश्वास गरिएको छ। नियमित अभ्यास, मार्गदर्शन तथा प्रतिस्पर्धात्मक वातावरणका कारण विद्यार्थीहरूले छात्रवृत्ति परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न सक्नेछन्।

कलेज प्रशासनले पोखरा युनिभर्सिटी अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरूमा छात्रवृत्ति प्राप्त गर्ने लक्ष्य राखेका इच्छुक विद्यार्थीहरूलाई समयमै नाम दर्ता गरी यस निःशुल्क छात्रवृत्ति इन्ट्रान्स तयारी कक्षा को अधिकतम लाभ लिन आग्रह गरेको छ।

🕘 समय: बिहान ९:०० बजे
📍 स्थान: NWA COLLEGE, धनगढी–२

“आजको सही तयारी, भोलिको सुनिश्चित छात्रवृत्ति।” 🎓✨