स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कैलालीमा खेत जोतिरहेका बेला ट्याक्टर पल्टिदा एक जनाको मृत्यु

धनगढी। कैलालीमा खेत जोतिरहेका बेला ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका–६ गप्कामा सोही स्थानका ५० वर्षीय रामलाल थारुले चलाएको से २ त ३८०२ नम्बरको ट्याक्टर पल्टिँदा उनको मृत्यु भएको हो। थारुले आफ्नै ससुरालीको खेत जोतिरहेका बेला सोमबार दिउँसो ट्याक्टर पल्टिएको प्रहरीले जनाएको छ। पल्टिएको ट्याक्टरले च्यापिँदा थारुको घटनास्थलमै मृत्यु भएको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।