स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

२४ घण्टामा प्रहरी कारबाहीबाट २७ लाख ३६ हजार राजस्व सङ्कलन

काठमाडौं। पछिल्लो २४ घण्टामा राज्य कोषमा २७ लाख ३६ हजार ५०१ रुपैयाँ राजस्व दाखिला भएको छ ।   ट्राफिक उल्लङ्घनको कारबाहीमा परेका दुई हजार ९३ सवारी चालकले सवारी नियम उल्लङ्घन गरेकाहरूबाट  कारबाही स्वरूप  राजस्व दाखिला भएको हो ।  

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका ९२, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १६९,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन कुदाएका १०१ जनालाई कारबाही गरिएको हो । 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ९२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०५, एकतर्फी सडकमा सवारी चलाउने १२९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९८२ गरी कूल दुई हजार ९३ जनालाई कारबाही गरिएको हो ।