स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

लम्कीचुहा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीको शपथ ग्रहण तथा पदस्थापन सम्पन्न

लम्की /लम्कीचुहा उद्योग वाणिज्य संघको ८औँ वार्षिक साधारणसभाबाट नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको पद तथा गोपनीयताको शपथ ग्रहण, पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।

निर्वाचन समितिका संयोजक सरोज कुमार शाहले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो।

संघको अध्यक्ष र कोषाध्यक्ष पदका लागि निर्वाचन भएको थियो भने अन्य पदाधिकारीहरू सर्वसम्मत रूपमा निर्वाचित भएका थिए।

कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य पदमराज चौलागाईं रहेका थिए। कार्यक्रममा नव निर्वाचित अध्यक्ष दीपक कुमार तिमिल्सिना, संघका प्रदेश सदस्य मदनराज न्यौपाने तथा निवर्तमान वरिष्ठ उपाध्यक्ष खडानन्द सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

नव निर्वाचित अध्यक्ष तिमिल्सिनाले निर्वाचनका क्रममा व्यवसायी तथा मतदातासँग गरेका प्रतिबद्धताहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै डुडेझारी औद्योगिक क्षेत्रको विकास, संघको सुविधासम्पन्न भवन निर्माण, व्यवसायिक हकहित संरक्षण, ग्रामीण बजार व्यवस्थापन, महिला उद्यमीलाई सीपमूलक तालिम तथा उत्पादनसँग जोड्ने लगायतका उदाहरणीय कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभयो।

कार्यक्रमको सञ्चालन निर्वाचन समिति सदस्य विष्णु खनालले गरेका थिए।