स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कैलालीबाट लागूऔषधसहित ४ जना नियन्त्रणमा

धनगढीः कैलालीबाट प्रहरीले लागूऔषधसहित ४ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्लाको कैलाली गोदावरी नगरपालिका–१ महेन्द्रनगर रोडबाट खैरो हेरोइन २९० मिलिग्रामसहित सोही ठाउँ बस्ने २९ वर्षीय सबिन रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लागूऔषध सेवन गरी हिडीरहेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो।

यसैगरी, धनगढी उपमहानगरपालिका–७ मनेहरा चोकबाट अवैध लागूऔषध खैरो हेरोइन २ ग्राम ६७१ मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–८ बस्ने १७ वर्षीय किशोर र गौरीगंगा नगरपालिका–१ घर भई हाल धनगढी उपमहानगरपालिका–७ डेरा गरी बस्ने २५ वर्षीय मायाराम चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको जनाएको छ।

यसैगरी धनगढी उपमहानगरपालिका–७ मोति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन १९८ मिलिग्रामसहित कैलारी गाउँपालिका–४ बस्ने २५ वर्षीय अर्जुन चौधरीलाई गएराति प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ