स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

१३ वर्षीया वालिकालाई बलात्कार गरेको अभियोगमा कैलालीका अन्नु पक्राउ

धनगढी। कैलालीमा नेपाल प्रहरीले बालिकामाथि बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

शुक्रबार दिउँसो एक १३ वर्षीया वालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले जोशीपुर गाउँपालिका-३ लक्कड बस्ने २० वर्षीय अन्नु कठरियालाई पक्राउ गरेको हो। कठरियाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ।