काठमाडौं । हिजो बिहानै काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध गेट नजिक काभ्रेपलान्चोक तेमाल गाउँपालिका वडा नं. ३ घर भई हाल गोकर्णेश्वर ८ माकलबारी बस्ने बर्ष २७ की सालु गुरुङले आत्मदाहको प्रयास गरेकी छन् ।

श्रीमानसङ्गको विवाद खप्न नसक्दा उनले उक्त काम गरेको प्रारम्भिक जानकारी मिलेको छ । श्रीमानद्वारा सन्चालित खाजा घर पछाडिको पार्किङमा गएर शरिरमा पेट्रोल छर्की आगो लगाएको भेटिनासाथ सुष्मा कोइराला मेमोरियल अस्पताल साँखू लगी उपचार भइरहेको बताइन्छ ।
अनुहार,छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत जलेको अवस्थाकी उनी हल्का बोल्न सक्दछिन् । त्यहाँ सामान्य उपचारपश्चात कीर्तिपुर अस्पताल रिफर गरिएको प्रहरी स्रोतले बतायो ।





