स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कैलालीको चिसापानीबाट अपहरणमा परेका चौधरी घर फर्किए

धनगढीः कैलालीको चिसापानी पितमारी क्षेत्रबाट अपहरणमा परेका गाडीका सह–चालक घर फर्किका छन्। सोमवार रातिबाट स्थानीय युवाहरूको समूहले अपहरण गरेका लोकेन्द्र चौधरी मङ्गलवार साँझ घर फर्किएका हुन्।

मोहन्याल गाउँपालिका–७ पितमारी क्षेत्रबाट बेपत्ता पारिएका चौधरी घर पुगेका छन्। मङ्गलवार बिहान साढे ५ बजेको समयमा चौधरी युवाहरूको समूहबाट फुत्किएका थिए। उनी मोहन्याल गाउँपालिका–७ कसैनी क्षेत्रबाट अपहरणकारीबाट फुत्किएका हुन्। अपहरणकारीले उनलाई सुर्खेत लैजाने बताउदै थिए। अपहरणकारीहरू गाडी र पानीको खोजी गर्न थालेपछि लोकेन्द्र मोहन्याल गाउँपालिकाको राजकाँडा, नेपाली सेनाको गोराङ्गे ब्यारेक हुँदै घर पुगेका हुन्। उनको निधारमा चोट छ। पैदल हिडेका चौधरी बोल्न सक्ने अवस्थामा छैनन्।

प्रहरीका अनुसार सोमवार राति पितमारी खोलामा कचाली गाउँबाट दाउरा बोकेर आउँदै गरेको भे १ च ३७१४ नम्बरको गाडीमा सवारी धनी राम चौधरी, चालक अनुराग चौधरी, सहचालक लोकेन्द्र चौधरी र अर्का एक जना मीन माझी थिए। उनीहरूलाई कुटपिट गर्दै केही युवाहरूले सहचालकलाई सँगै लिएर गएका हुन्। प्रहरी घटनास्थलमा पुगेपछि युवाको समूह लोकेन्द्र चौधरीलाई लगेर फरार भएको थियो। स्थानीय नारायण शाही सोमवार पक्राउ परेका थिए। मङ्गलवार गोविन्द साउँद पक्राउ परेका छन्।

सोमवार राति पितमारी खोलामा कचाली गाउँबाट दाउरा बोकेर आउँदै गरेको भे १ च ३७१४ नम्बरको गाडीका चालक २५ वर्षीय अनुराज चौधरीलाई कुटपिट गरिएको थियो। सोही गाडीका सह–चालक लम्की चुहा नगरपालिका–९ का लोकेन्द्र चौधरीलाई चार/पाँच जना युवाको समूहले आफूसँगै लिएर गएका थिए। स्थानीय युवाहरूको समूहको ढुङ्गा प्रहारबाट चालक अनुरागको टाउकोमा चोट लागेको छ। उनको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको छ। गाडी धनी राम चौधरीलाई पनि ढुङ्गा प्रहार भएको छ।