स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

महाधिवेशनले रास्वपालाई राजनीतिक रुपमा वैधानिकता दियो : सभापित लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले प्रथम राष्ट्रिय महाधिवेशनले रास्वपालाई राजनीतिक दलका रूपमा वैधानिकता प्रदान गरेको बताएका छन् ।

महाधिवेशनको सपथग्रहन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले नयाँ राजनीतिक दल भएकाले विभिन्न कमजोरी र त्रुटि हुनु स्वाभाविक रहेको स्वीकार गर्दै त्यसका लागि प्रतिनिधि तथा नेता–कार्यकर्तासँग क्षमायाचना गरे ।

उनले महाधिवेशन सफल बनाउन योगदान पुर्‍याउने प्रतिनिधि, नेता, कार्यकर्ता, स्वयंसेवक तथा सबै सहयोगीप्रति धन्यवाद व्यक्त गरे ।

सभापति लामिछानेले महाधिवेशनबाट पार्टीले धेरै कुरा सिकेको उल्लेख गर्दै फरक–फरक पृष्ठभूमिबाट राजनीतिमा आएका कारण आगामी दिनमा अझ धेरै चुनौतीको सामना गर्नुपर्ने बताए ।

‘हामी फरक पृष्ठभूमिबाट राजनीतिमा आएका हौं। त्यसैले विभिन्न युगका र सबै प्रकारका चुनौतीहरूको सामना गर्न तयार हुनुपर्छ’, उनले नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै भने ।

उनले महाधिवेशनबाट प्राप्त अनुभवलाई आत्मसात् गर्दै पार्टीलाई थप परिपक्व, व्यवस्थित र जनउत्तरदायी राजनीतिक शक्तिका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।