स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

बर्दगोरिया ६ मा गणतन्त्र उत्सव विशेष सांस्कृतिक कार्यक्रम साथै नाइट पेनाल्टी शुट प्रतियोगिता हुने

पृथ्वीपुर ।गणतन्त्र दिवस २०८३ को अवसरमा “गणतन्त्र उत्सव विशेष सांस्कृतिक कार्यक्रम २०८३” आयोजना हुने भएको छ । कार्यक्रम यही जेठ १४ र १५ गते सञ्चालन गरिने आयोजकले जनाएको छ ।

कार्यक्रमको आयोजना कैलाली इभेण्ट एण्ड मिडिया नेटवर्क प्रा.लि ले गर्न लागेको हो । आयोजकका अनुसार कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, सांस्कृतिक झाँकी, मनोरञ्जनात्मक कार्यक्रम तथा विविध मनोरञ्जनात्मक गतिविधि समावेश गरिनेछन् ।

उत्सवसँगै वडा स्तरीय नाइट पेनाल्टी शुट प्रतियोगिता पनि आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. १० हजार, द्वितीय हुने टिमलाई रु. ५ हजार तथा तृतीय हुने टिमलाई रु. ३ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

गणतन्त्र दिवसको महत्वलाई उजागर गर्दै खेलकुद, कला र संस्कृतिमार्फत युवाहरूलाई एकताबद्ध गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ ।

आयोजकले सम्पूर्ण दर्शक, खेलप्रेमी तथा शुभेच्छुकलाई कार्यक्रममा सहभागी भई उत्सवलाई भव्य र सभ्य रूपमा सफल बनाउन आग्रह गरेको छ ।