स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कैलाली आउँदै गरेको जिप डोटीमा खस्यो, ४ जना घाइते

डोटी: डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बोगटान फुड्सिल गाउँपालिका– ३ इनाडास्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका हुन्। मंगलबार बिहान इनाडाबाट कैलालीतर्फ जाँदै गरेको से १ च १५१७ नम्बरको बोलेरो जिप उकालोमा ब्याक हुने क्रममा सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक कैलालीको गौरीगंगा नगरपालिका–९ का २८ वर्षीय सन्तोष सापकोटा खुट्टा र कम्मरमा चोट लागेर मध्यम घाइते भएका छन्। त्यस्तै, घोडाघोडी नगरपालिका–२ का ४५ वर्षीय योगेश बिनाडी टाउको र ढाडमा गम्भीर चोट लागेर गम्भीर अवस्थामा रहेका छन्। यस्तै, बोगटान फुड्सिल–३ का १७ वर्षीय नरेश साउँद टाउको, अनुहार र ढाडमा चोट लागेर गम्भीर घाइते भएका छन् भने अछाम ढकारी गाउँपालिका–३ का १५ वर्षीय जनक बुढा टाउको, हात र खुट्टामा चोट लागेर मध्यम घाइते भएका छन्।

घाइते सबैलाई उपचारका लागि धनगढीतर्फ पठाइएको प्रहरीले जनाएको छ।