स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

अछामको मल्लेखमा करारका ४८ कर्मचारी हटाइए 

अत्तरिया – अछामको मल्लेख गाउँपालिकाले करारका ४८ कर्मचारी हटाएको छ । गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्राचार अनुसार कार्तिक ३० गते बसेको कार्यपालिका बैठकबाट निर्णय गरेर करारका कर्मचारी हटाएको जनाएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत सङ्गीता ताम्राकारद्वारा जारी सूचनामा मन्त्रालयको पत्राचार र कार्यपालिका निर्णय अनुसार ४८ जना कर्मचारीको करार सम्झौता रद्द गरिएको उल्लेख छ ।

जसमा स्वास्थ्य संस्थाहरूमा कार्यरत २७ जना र गाउँपालिकामा कार्यरत २१ जना रहेका छन् ।