स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

भीम रावलको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित, यस्तो छ सहमति

धनगढी । भीम रावलको ‘मातृभूमि जागरण अभियान’ नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । नेपाली कम्युनस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, संहसंयोजक माधवकुमार नेपाल र जागरण अभियानको तर्फबाट भीम रावलले औपचारिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, नेताहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, नन्दकिशोर पुन, पम्फा भुसाललगायत सहभागी छन् ।