स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

धनगढीमा १९ औं सुदूरपश्चिम महोत्सव २०८२ आयोजना

धनगढी । सुदूरपश्चिमको सांस्कृतिक, पर्यटन र व्यवसायिक प्रवर्द्धनका लागि १९ औं सुदूरपश्चिम महोत्सव २०८२ मंसिर २२ गतेदेखि पुस २ गतेसम्म धनगढी–१, पशुपति टोलमा आयोजना हुँदैछ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सवमा ५०० भन्दा बढी स्टल रहनेछन्, जसमा कृषि, उद्योग, हस्तकला, सूचना प्रविधि, इलेक्ट्रोनिक्स, होटल र घरेलु उत्पादन समावेश छन्। महिला उद्यमी र कृषकका लागि ५० स्टल निःशुल्क उपलब्ध गराइनेछ।

बालबालिका, युवा र परिवारका लागि मनोरञ्जनात्मक कार्यक्रम, खेलकुद गतिविधि र सांस्कृतिक प्रस्तुति मुख्य आकर्षण हुनेछन्। प्रवेश शुल्क सामान्य दर्शकका लागि १०० रुपैयाँ, विद्यार्थी र खेलाडीका लागि ५० रुपैयाँ, ७० वर्षमाथिका जेष्ठ नागरिक र अपाङ्गका लागि निःशुल्क हुनेछ।

अध्यक्ष पुष्करराज ओझाले महोत्सवले प्रदेशको पहिचान मजबुत पार्ने र आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा योगदान दिने विश्वास व्यक्त गरेका छन्।