स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

स्कार्पियोको ठक्करबाट मोटरसाइकलमा सवार जनाको मृत्यु, एक घाइते

काठमाडौं । सर्लाहीमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही ब्रहम्पुरी गाउँपालिका २ ब्रहम्पुरी बस्ने वर्ष २३ का अंकित चौधरी र मोटरसाइकलको बीचमा सवार वर्ष २५ का रोहित सहनी छन्। मोटरसाइकलको पछाडिको सिटमा सवार २३ वर्षीय शिवशंकर पण्डितको बायाँ हात र दुवै खुट्टामा चोट लागेको छ। उनलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल रिफर गरिएको छ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार शुक्रबार राति ८ बजेको समयमा ब्रहम्पुरी गाउँपालिका ५ स्थित हुलाकी सडक खण्डमा पर्साबाट भेल्ही तर्फ जाँदै गरेको एम.एच ०४ डी.जे. १२९७ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको प्र.३/०३/००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

स्कारपियो नियन्त्रणमा लिएको र फरार चालकको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।