स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

वीपी राजमार्ग आजदेखि राति १० घण्टा बन्द हुने

काभ्रे। गत असोज १० गतेदेखि परेको अविरल वर्षा र बाढी पहिरो कारण क्षति भएको वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडकखण्ड आजदेखि राति १० घण्टा बन्द हुने भएको छ ।


डिभिजन सडक कार्यालय भक्तपुरले सूचना नै प्रकाशित गरेर आज बेलुका ६ बजेदेखि विहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ ।

काभ्रे जिल्ला भित्र पर्ने १ नम्बरपुल- चौकीडाँडा- बर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्याकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकोले वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी- वर्षेखोला सडक खण्ड बन्द हुने डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।

चौकीडाँडा- बर्षेखोला खण्ड पुर्ण रुपमा बगाएकोले हाल ट्याक निर्माण गरी यात्रुवाहक सवारी साधनहरुको लागि मात्र आवागवन खुलाइएको छ । काठमाण्डौलाई पूर्वी नेपालसँग जोड्ने छोटो दुरीको वीपी राजमार्ग सडक बिभाग, स्थानीय पालिका, नेपाली सेना तथा प्रहरीको अग्रसरतामा १४ दिनपछि दशैको नवमीको दिनदेखि एकतर्फी खुलेको थियो।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यो सडक निर्माण गरि २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई राजमार्ग हस्तान्तरण गरेको थियो ।