स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

डडेलधुराको अमरगढीमा बस दुर्घटना, चार जनाको मृत्यु, १२ घाइते

डडेलधुरा  डडेलधुराको अमगरगढी नगरपालिका ७ खस्रेखानमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार महेन्द्रनगरबाट बैतडीको पुर्चौडीतर्फ जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १० ७८ नम्बरको बस दुर्घटना भएको हो।

दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका- ३ की ४५ वर्षीया जैमती बोहोरा, अन्दाजी २१ वर्षीया कमला बोहोरा, उनका दुई दिनको नाबालक छोरा र अन्दाजी २२ वर्षीय सहदेव बोहराको उपचारकोक्रममा डडेलधुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा १२ यात्रु घाइते भएका छन् । डडेलधुराका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमका अनुसार बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियाे ।