स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

रुपन्देहीका अग्रज पत्रकार पन्तको निधन

बुटवल । रुपन्देहीका अग्रज पत्रकार चेतन पन्तको निधन भएको छ । पन्तको आइतबार राति सिद्धार्थनगर नगरपालिका–६ दुर्गाकलोनीस्थित आफ्नै निवासमा निधन भएको हो ।


६६ वर्षीय पन्त २ वर्षदेखि क्यान्सर रोगको उपचार गराइरहेकामा केही समयदेखि घरमै रहेका र आइतबार राति निधन भएको उनका सहोदार भाइ रवि पन्तले बताए ।


इमेज टेलिभिजन लगायतका सञ्चारमाध्यममा काम गरेका पन्त पछिल्ला वर्षहरुमा लुम्बिनीको प्रचारप्रसारमा लागेका थिए । उनले अमेरिका लगायत विभिन्न देशमा पुगेर लुम्बिनीका मायादेवी मन्दिर, अशोक स्तम्भ, शान्ति दीप लगायतका फोटो प्रदर्शन गर्दै प्रचार गर्ने गरेका थिए ।