स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

बर्दगोरिया ६ मा हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न

कैलाली । हिन्दू नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष नृत्य तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका ६ नम्बर वडाको आयोजनामा कृषि हाटबजार प्राङ्गणमा सम्पन्न कार्यक्रममा ६ नम्बर वडा भित्रका विभिन्न टोलका महिलाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले तीजका मौलिक तथा आधुनिक गीतमा आकर्षक नृत्य प्रस्तुत गर्दै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याएका थिए।

दलित महिला वडा सदस्य धनसरा सुनारको सभापतित्वमा भएको कार्यक्रममा ६ नम्बर वडा अध्यक्ष रामकृष्ण डगौरा थारु रञ्जित प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा बोल्दै तीज पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे चर्चा गर्दै प्रमुख अतिथि चौधरीले गाउँकार्यपालिकाको निर्णय र परिपत्र अनुसार हाम्रो मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिनका लागि छोटो समयमा न्यून बजेटमा कार्यक्रम आयोजना गरिएको बताउनु भयो। भदौँ १० गतेको विनाशकारी बाढी बाट देश दुःखमा रहेको बेला उनले पनि दुःख व्यक्त गर्दै यो समयमा धेरै भड्किलो र खर्चिलो कार्यक्रम नगरेर आफ्ना वडा भित्रका सम्पूर्ण महिलाहरू एकठाउँमा जम्मा भएर आफ्नो मौलिक संस्कृतिलाई आत्मसात गर्दै सामान्य तरिकाले तीज मनाउन सहभागी सबैलाई आग्रह समेत गरे।

कार्यक्रममा सहभागीहरूले तीजलाई केवल मनोरञ्जनको पर्वका रूपमा नभई आपसी सद्भाव, महिला एकता र सांस्कृतिक पहिचानसँग जोडेर हरेक टोलका महिलाहरूको सामूहिकरूपमा नाचगान गरेका थिए।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला समूह तथा स्थानीयहहरुको उपस्थिति रहेको थियो