स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ

धनगढीः कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

कैलालीको गौरीगंगा नगरपालिकाबाट १० ग्राम ८०० मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार साउन १२ गते मंगलवार दिउँसो करिब ३ बजे गौरीगंगा नगरपालिका–४ बझाङ्गी टोलस्थित २५ वर्षीय सुरेन्द्रबहादुर धामीको घरमा खानतलासी गर्दा लागुऔषध बरामद गरेको हो।

प्रहरीले घरको सुत्ने कोठामा रहेको बेडमुनि लुकाएर राखिएको १० ग्राम ८०० मिलिग्राम लागुऔषध फेला पारेको जनाएको छ। सो क्रममा गौरीगंगा नगरपालिका–१ लठैया निवासी २१ वर्षीय सन्तोष रानामगर बेडमा बसिरहेको अवस्थामा फेला परेका थिए। खानतलासीका क्रममा प्रहरीले ३७ हजार १५० रुपैयाँ नगद पनि बरामद गरेको जनाएको छ। बरामद लागुऔषध र नगदसहित सुरेन्द्रबहादुर धामी र सन्तोष रानामगरलाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ।