स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

आज साउनको पहिलो सोमबार: धार्मिक, सांस्कृतिक र ज्योतिषीय दृष्टिकोणले किन छ विशेष महत्त्व?

सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने साउन महिनाको पहिलो सोमबार आज मुलुकभर विशेष श्रद्धा,भक्ति र हर्षोल्लासका साथ मनाइँदै छ।

वैदिक कालदेखि नै साउन महिनाको सोमबार भगवान् शिवको व्रत बस्ने, पूजा-आराधना गर्ने, जप, तप र दान-पुण्य गर्ने विशिष्ट परम्परा रहिआएको छ।

रहेको छ।प्राचीन समयमा ऋषि-मुनीहरूले वर्षायाममा एकै स्थानमा बसेर तप, जप र शिव साधना गर्ने चातुर्मास परम्पराबाट यो व्रत क्रमशः विकसित भएको मानिन्छ।

कालान्तरमा यसले व्यापक सांस्कृतिक रूप लियो। हिन्दु समाजमा साउनको सोमबार सनातन महिलाहरूले मात्र नभई पछिल्लो समय पुरुष, युवायुवती र वृद्धवृद्धाले समेत उत्तिकै उत्साहका साथ अवलम्बन गर्न थालेका छन्। हालका वर्षहरूमा हरियो पहिरन, हरियो चुरा र मेहेन्दी लगाएर व्रत बस्ने संस्कृति युवा पुस्तामाझ फेसन र परम्पराको सुन्दर सङ्गमका रूपमा लोकप्रिय बनेको छ।साउन सोमबार व्रतको मुख्य दर्शन भगवान् शिवप्रति आत्मसमर्पण गर्नु र आफूभित्र आत्मसंयम, अनुशासन एवं सहनशीलताको विकास गर्नु हो।

यस दिन सत्य बोल्ने, क्रोध त्याग्ने, सात्त्विक भोजन गर्ने, जीव हिंसा नगर्ने र दान गर्ने अभ्यासलाई जोड दिइन्छ । अविवाहित युवतीहरूले योग्य जीवनसाथी प्राप्तिको कामना र विवाहित महिलाहरूले पतिको दीर्घायु एवं परिवारको कल्याणका लागि यो कठोर तर पवित्र व्रत बस्ने गर्दछन् ।