बौनिया ।कैलालीको बर्दगोरिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ९ करोडभन्दा बढीको वार्षिक बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको गाउँसभाबाट प्रस्तुत गरिएको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, रोजगार तथा सामाजिक विकासलाई प्राथमिकतामा राखिएको छ।

गाउँपालिकाले स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै समावेशी तथा दिगो विकासलाई केन्द्रमा राखेर बजेट विनियोजन गरेको जनाएको छ। कृषि उत्पादन वृद्धि, सडक तथा भौतिक पूर्वाधार विस्तार, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्ने कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले बजेटले समग्र बर्दगोरियाको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। यस्तै, बजेट कार्यान्वयनमा पारदर्शिता, सुशासन र जनसहभागितालाई विशेष ध्यान दिइने बताइएको छ।

आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत गाउँपालिकाले समृद्ध बर्दगोरिया निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ।





