स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

बर्दगोरियामा  व्यवसायिक च्याउ खेती तालिम सुरु:

बौनिया ।बर्दगोरिया गाउँपालिकामा व्यवसायिक च्याउ खेतीसम्बन्धी तालिम सुरु भएको छ। “पौष्टिकयुक्त च्याउ खेती गरौँ, आम्दानी बढाऔँ” भन्ने नाराका साथ गाउँपालिकाले तिनदिने तालिम संचालन गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले कृषकलाई व्यवसायिक र उद्यमशील बन्न प्रेरित गर्न सुझाव दिनुभएको छ। उहाँले बर्दगोरिया गाउँपालिका कृषकको हकहित र विकासका लागि सधैं सक्रिय रहेको उल्लेख गर्नुभयो।

बिशिस्ट अतिथि सम्बोधन गर्दै  रामकृष्ण डगौरा थारुले कृषकलाई तालिम लिएर च्याउ खेतीलाई व्यवसायिक रूपमा अघि बढाउन आग्रह गर्नुभएको थियो। साथै कृषकलाई आत्मनिर्भर बन्न प्रेरित गर्नुभयो।

गाउँपालिकाका अनुसार, तालिममा सहभागी कृषकलाई च्याउ खेतीसम्बन्धी आधुनिक सीप प्रदान गरिनेछ।  तालिममा च्याउ खेतीका प्रविधि, उत्पादन वृद्धि उपाय, र व्यावसायिक रणनीतिबारे जानकारी दिइँदैछ। तालिममा पालिका भित्रका विभिन्न वडाका १५ जना कृषकहरुको सहभागीता रहेको छ। तालिम चैत्र५ गतेसम्म संचालन हुने अयोजकले जानकारी दिनुभयो।