स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

ईभी माइक्रो दुर्घटना हुँदा ७ जनाको मृत्यु

मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

गोरखा । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ७ पुगेको छ ।


शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।

बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १४ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घटनास्थलमै ७ जनाको मृत्यु भएको र अन्य ७ जनाको उपचारका लागि अस्पताल पठाइएको छ ।

मृतकहरू सबै भारतीय रहेको प्रहरीले जनाएको छ । चालक र सहचालक बाहेक सबै भारतीय नागरिक नै मनकामना मन्दिर दर्शनका लागि गएको र फर्कने बेलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयको समन्वयमा उद्धार गरिएको हो ।