स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

इरानका सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई मारिएको दाबी गरेका छन् । शनिबार अमेरिका र इजरायली आक्रमणमा खामेनेई मारिएको उनको दाबी छ । साथै, ट्रम्पले यो आक्रमण हप्ताभरि भारी बमबारीसहित जारी रहने बताएका छन्। इरानले भने आफ्ना नेताहरू सुरक्षित र स्वस्थ रहेको दाबी गरेको छ।

ट्रम्पले यो सैन्य अभियान तेहरानको सरकारलाई उल्टाउने उद्देश्यले गरिएको संकेत गरेका छन्। दक्षिणी इरानमा एउटा प्राथमिक विद्यालयमा भएको एक आक्रमणमा दर्जनौं विद्यार्थीहरू मारिएका छन् । यता इरानले मध्यपूर्वभरि अमेरिकी सैन्य अड्डा, इजरायल र अन्य लक्ष्यहरूमा आक्रमण गरेको छ, जसले घना बस्ती भएका क्षेत्र तथा हवाई यात्रा र तेल ढुवानीमा अवरोध पुर्‍याएको छ। अमेरिकी सेनाले भने कुनै पनि अमेरिकी हताहत नभएको दाबी गरिरहेको छ ।