बौनिया ।जानकी गाउँपालिकाको १७ औँ गाउँसभाको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष गणेश चौधरीको अध्यक्षतामा बसेको अधिवेशनको दोस्रो बैठकले दुईवटा महत्वपूर्ण विधेयकहरू पारित गर्दै समापन भएको हो।

सभाले गाउँपालिकाको कामकारबाहीलाई थप व्यवस्थित र जनमुखी बनाउनका लागि दुई विधेयकहरू सर्वसम्मत रूपमा पारित गरेको छ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक- २०८२ यो विधेयक पारित भएसँगै गाउँपालिकाको बजेट तर्जुमा, कार्यान्वयन र आर्थिक अनुशासन कायम गर्न कानुनी मार्गप्रशस्त भएको छ। यसले सार्वजनिक खर्चमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित हुनेछ।जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२: स्थानीय स्तरमा स्वास्थ्य सेवालाई गुणस्तरीय, पहुँचयोग्य र व्यवस्थित बनाउन यो विधेयक ल्याइएको हो। यसले नागरिकको स्वास्थ्य अधिकारलाई स्थानीय कानुनमार्फत सुरक्षित गरेको छ।

अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले पारित भएका कानुनहरूको प्रभावकारी कार्यान्वयनले गाउँपालिकाको विकास र सुशासनमा टेवा पुग्ने बताउनुभयो। सभामा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।




