बौनिया/कैलालीको बर्दगोरिया गाउँपालिकाले बौनिया जोशिपुर सडक खण्डमा परेका खाल्डाखुल्डी पुर्दै मर्मतको कार्य थालेको छ ।

गाउँपालिकाले वडा नम्बर ६ को सिमरी सिमानाबाट सडक मर्मतको कार्य थालेको हो । गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले सडकमा परेका खाल्डा खुल्डी पुर्ने र सडकलाई आवतजावतमा सहज गर्न मर्मतको कार्य थालेको बताउनु भयो ।

वडा नम्बर ६ का अध्यक्ष रामकृष्ण डगौरा थारुले नागरिकलाई सहजताका लागि पालिकाले मर्मत कार्य थालेको बताउनु भयो । उहाँले पालिकाको सिमाना सम्म परेका खाल्डाखुल्डीले दुर्घटना निम्त्याउनुका साथै सवारीसाधन आवतजावत गर्न असहज थियो । मर्मत पछि नागरिक संगै सवारीसाधनलाई आवतजावतमा सहज हुने छ ।





