धनगढी । कैलालीमा पछिल्ला महिनाहरूमा सवारी साधन दुर्घटनाको दर भयावह रूपमा वृद्धि भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १७ गतेसम्म मात्रै १०४ वटा सवारी दुर्घटना भएका छन्।

दुर्घटनामा परेर १८ जनाले ज्यान गुमाएका छन् भने २१५ जना घाइते भएका छन्। ट्राफिक प्रहरी प्रमुख चक्र बहादुर देउवाका अनुसार महिनागत विवरण यस प्रकार छ:
- साउन: ३३ वटा दुर्घटना, २ जनाको मृत्यु, ६५ जना घाइते
- भदौ: १७ वटा दुर्घटना, १ जनाको मृत्यु, ३१ जना घाइते
- असोज: २९ वटा दुर्घटना, ७ जनाको मृत्यु, ७० जना घाइते
- कात्तिक १७ गतेसम्म: २५ वटा दुर्घटना, ८ जनाको मृत्यु, ४९ जना घाइते
प्रमुख देउवाका अनुसार अधिकांश दुर्घटनाका कारण सवारी चालकले गति सीमा उल्लङ्घन गर्नु, लेन अनुशासन नपाल्नु, र मापसे गरेर सवारी चलाउनु रहेको छ।
उनलेसवारी चालक र यात्रुहरूलाई सर्तक रहन आग्रह गर्दै, सवारी चलाउँदा गति नियन्त्रण र ट्राफिक नियमको पालना अनिवार्य रहेको बताए।
कैलालीमा बढ्दो दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औँल्याएको प्रमुख देउवाले बताए।




