स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कञ्चनपुरमा २ सय ४६ महिला, किशोरी र बालबालिकाको उद्धार

कञ्चनपुर । शान्ति पुनर्स्थापना गृहले कञ्चनपुरका विभिन्न स्थान र सीमानाकाबाट २ सय ४६ जना महिला, किशोरी तथा बालबालिकाको उद्धार गरेको छ।

संस्थाले दिएको जानकारी अनुसार, आर्थिक वर्ष २०८१/८२ मा जिल्लाभरका सीमानाका तथा अन्य स्थानहरूबाट उद्धार कार्य गरिएको हो।

शान्ति पुनर्स्थापना गृह कञ्चनपुर शाखाका पर्यवेक्षक मनिषा न्यौपाने का अनुसार, उद्धार गरिएका बालबालिकालाई परिवारसँग पुनर्मिलन गराइएको छ।

उनका अनुसार,

  • गड्डाचौकी नाकाबाट १७५ महिला तथा बालबालिका,
  • उक्त नाका हुँदै भारत पसेका ३ महिला,
  • लैङ्गिक हिंसामा परेकी १ महिला,
  • बह्मदेव क्षेत्रबाट १८ जना,
  • दोधारा चाँदनीबाट २८ जना,
  • बेलौरीबाट १४ जना, र
  • बेलडाँडी नाकाबाट भारत लैजाँदै गरिएका ७ महिला तथा बालिका उद्धार गरिएको थियो।

संस्थाका अनुसार, महिलालाई ललाइफकाई भारतमा बेचबिखन गर्ने समूहविरुद्ध कानुनी कारबाही समेत अघि बढाइएको छ।
गत आर्थिक वर्षमा ८ जनामाथि मानव बेचबिखन, ओसारपसार तथा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरिएको पर्यवेक्षक अन्जु चौधरी ले जानकारी दिइन्।