स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कैलालीको जोशीपुरमा श्रीमतीले गरिन् श्रीमानको हत्या

धनगढी: कैलालीको जोशीपुरमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकि छिन् । जोशिपुर ३ लकडमा शनिबार राति करिब ११ बजे घरायसी सामान्य विवादका क्रममा ३५ वर्षीया सुनिता देवी कठरियाले आफ्ना ५० वर्षीय श्रीमान लखनलाल कठरियालाई हतौडा प्रहार गर्दा गम्भीर घाइते भएका उनलाई उपचारका लागि टीकापुर अस्पताल पुर्‍याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र बहादुर साउँदका अनुसार घटनास्थलबाट प्रयोग गरिएको हतौडा बरामद गरिएको छ र आरोपी सुनितालाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ। “हामी प्रारम्भिक अनुसन्धानमै छौं, धेरै कुरा खुलेको छैन,” निरीक्षक साउदले बताए।