बौनिया । कैलालीको जोशिपुर गाउँपालिकाले तिहारलाई लक्षित गरेर प्लास्टिकका माला प्रतिबन्ध लगाएको छ

पछिल्लो वर्षमा स्थानीय उत्पादनलाई प्राथमिक दिनकै लागि स्थानीय तहले भारतबाट आयातीत हुने प्लास्टिकका माला बिक्री वितरणमा प्रतिबन्ध लगाउन थालेका हुन्
गत वर्षदेखि प्लास्टिकका माला बिक्री वितरणमा रोक लगाएको जोशीपुर गाउँपालिकाले यस वर्ष पनि प्लास्टिकमा माला बिक्री वितरणमा रोक लगाएको छन।

आइतबार एक सूचना जारी गर्दै पालिकाले प्लास्टिकका माला बिक्री वितरण नगर्न आग्रह गरेको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिनराज कथरियाले जारी गरेको सूचनामा स्वदेशी उत्पादनका मालालाई प्रोत्साहन गर्दै प्लास्टिकका माला प्रयोग नगर्न आग्रह गरिएको छ।





