स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

सुदूरपश्चिमका ८ कारागारबाट करिब १४ सय कैदी फरार

जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका बाजुराबाहेकका सबै जिल्ला कारागारबाट कैदीबन्दी फरार भएका छन् ।

धनगढी।जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिमका बाजुराबाहेकका सबै जिल्ला कारागारबाट कैदीबन्दी फरार भएका छन्।

मंगलबार आन्दोलन चर्किँदा सुरक्षास्थिति नियन्त्रणबाहिर गएपछि प्रदर्शनकारीले कारागारमै पुगेर कैदीबन्दीलाई निकालेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कैलालीसहित आठ वटा कारागारबाट करिब १,४०० कैदीबन्दी भागेका छन्।

प्रदेश प्रहरी प्रमुख डम्बर विश्वकर्माका अनुसार कैलाली कारागारमै मात्रै करिब ७०० कैदी भागेका छन्।

कञ्चनपुर कारागारमा रहेका ४७६ कैदीमध्ये २२ जनाले भने कानुन उल्लङ्घन नगर्ने भन्दै कारागारमै बस्न रोजेका छन् । त्यसमध्ये १३ पुरुष र ९ महिला रहेका छन्।

यस्तै, बझाङ कारागारका ८५ मध्ये ६६ जना कैदी फरार भएका छन्।भागेकामध्ये पाँच जनालाई प्रहरीले फेरि नियन्त्रणमा लिएको जनाएको छ।अन्य अधिकांश जिल्ला कारागार भने खाली भएका छन्।