स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

विराटनगरमा कैदीबन्दी भगाउन खोज्दा चल्यो गोली

विराटनगर ।  जिल्ला कारागार मोरङमा रहेका कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको छ ।

कैदीबन्दी छुटाउने योजनासहित एउटा समूह पुगेपछि प्रहरीले हवाई फायर गरेको हो ।

कैदीबन्दी छुटाउनु पर्ने मागसहित एउटा समूह पुगेपछि कारागारबाट कैदीबन्दीहरूले पनि भाग्ने प्रयास गरेका थिए । भीडलाई तितरबितर बनाउन प्रहरीले १५ राउन्ड हवाई फायर गरेको हो ।

हवाई फायरपछि कैदीबन्दी छुटाउन पुगेको भीड तितरबितर भएको छ । कारागारमा नेपाली सेनाको टोली पनि पुगेको छ । सेनाको टोली पुगेपछि अवस्था सामान्य छ ।

मोरङ कारागारमा एक हजार १ सय बढी कैदीबन्दी छन् ।