स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

गंगा दाहालको घरमा जलिसकेको अवस्थामा भेटियो शव

ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ।

मंगलबार प्रदर्शन क्रममा गंगा दाहालको घरमा समेत आगजनी भएको थियो।

आगोमा परी एक जना जलिसकेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

उनका अनुसार शव पुरूषको हो। तर शवको पहिचान हुनसकेको छैन।

‘शव पुरूषको हो। घरका सदस्य हो, जस्तो लाग्दैन,’ उनले भने, ‘अहिले मुचुल्का गर्न टोली पठाएका छौं।’