स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरि कैदीबन्दी भागे

डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरेर कैदीबन्दी भागेका छन्

डडेल्धुरा । डडेल्धुरा कारागारमा आगजनी र तोडफोड गरेर कैदीबन्दी भागेका छन् । बुधबार बिहान उनीहरु कारागारमा आगजनी र तोडफोड गरेर भागेका हुन् । 


कारागारमा १ सय २७ जना कैदीबन्दी रहेकोमा ८४ जना भागेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । ३३ पुरुष र ९ महिला गरि ४२ जना कारागारमै रहेका उनले बताए । कारागारमा आगजनी र तोडफोड गरेर कैदीबन्दी भागेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।