स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

बाढीको त्रासले कञ्चनपुरको लठ्ठागौरीका बासिन्दा त्रिपाल टाँगेर बस्न बाध्य

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ लठ्ठागौरीको वनहरा नदी तटीय क्षेत्रका बासिन्दा वर्षेनि आउने बाढीको त्रासले वर्षात् शुरू हुनासाथ वन क्षेत्रमा त्रिपाल टाँगेर बस्न बाध्य छन् ।

स्थानीय टेकबहादुर सलामी थापा मगर गएको सात वर्षदेखि वर्षात शुरू भएलगत्तै नजिकैको सामुदायिक वनमा त्रिपाल टाँगेर परिवारसहित बस्दै आउनुभएको छ ।
बाढीले घर डुबाउने भएकाले उहाँले खाद्यान्न, ओढ्ने–ओछ्याउने सामान, बालबालिका र चौपाया लिएर समयमै सुरक्षित ठाउँ सर्नुहुन्छ ।


उहाँको पहिलेको थातथलो डोटीको जोरायलमा घर पहिरोले बगाएपछि उहाँ कञ्चनपुर आइपुग्नुभएको हो । घर पहिरोले लगेपछि आफु पूर्ण रूपमा घरवारविहीन भएको उहाँको भनाइ छ ।बस्तीका थप ६ परिवारको अवस्था पनि त्यस्तै छ । सबैले वर्षात् शुरू हुनु अगाडि नै वन क्षेत्रमा सरेर अस्थायी त्रिपालमा बस्ने गरेका छन् ।