स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना परि एक जनाको मृत्यु

धनगढी । कञ्चनपुरमा  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।


जिल्लाको वेदकोट नगरपालिका-१० त्रिपुरा मन्दिर नजिक मोटरसाइकल दुर्घटना भएको हो। पश्चिमबाट पूर्व तर्फ आउदै गरेका शुक्लाफाँटा नगरपालिका-१० का ३८ वर्षीय ललितराज जोशीको मृत्यु भएको प्रहरीले बताएको छ।


नेपाल प्रहरीले शुक्रवार राति उनले चलाएको लुम्बिनी प्रदेश ०३-००१ प २८५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। जोशीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।