कैलाली । नेपालगंजको ज्ञान मैत्री कलेजले बि.बि.एस चौथौ वर्षको परिणाममा कलेजले ८० % उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।


वि. सं २०७० साल देखि ब्याचुलर लेभलमा बि.बि.एस पढाई सुरु गरेको हो । नेपालगंज उपमहानगरपालिका–१२ मुक्तिपुर टोलमा रहेको ज्ञान मैत्री कलेजमा स्थापना देखि नै बि.बि.ए कै शिक्षण पद्धतिमा बि.बि.एस पढाई भइरहेको छ ।
ज्ञान मैत्री कलेजले बि.बि.एस दोस्रो वर्षको परिणाममा कलेजले जिल्लाकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो ।

साथै ज्ञान मैत्री कलेजमा स्नातक तह बि.बि.एस काे पहिलो वर्षमा पनि नयाँ भर्ना खुलेको क्याम्पस प्रमुख सातानन्द उपाध्यायले बताए ।

न्यूनतम् शुल्कमा गुणस्तरीय व्यवस्थापन संकायको शिक्षा प्रदान गर्नु यस कलेजको उद्देश्य रहेको छ । त्रिभुवन विश्वबिध्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा बिबिएसको पढाई हुन थालेको यो ११ वर्ष भएको ज्ञान मैत्री कलेजका क्याम्पस प्रमुख सातानन्द उपाध्यायले बताए । ‘बिबिए पढ्न नसकेकाहरुलाई न्यूनतम शुल्कमा बिबिएस पढाई सुरु गरेको छ’ उनले भने । ‘गुणस्तरिय शिक्षा दिने नै हाम्रो मुल लक्ष्य हो ।’ किताबि ज्ञान भन्दा पनि व्यवहारिक शिक्षामा जोड दिएको उनले बताए ।

यहाँ पढाइ हुने बिबिएसमा अन्य कलेजको तुलनामा बढी फाइदा रहेका छन् । बिबिएस पढाईमा, सेमिनार, तालिम, देश विदेशमा शैक्षिक भ्रमण, अनुभवी र विषय विज्ञ प्राध्यापकद्वारा पढाइने ज्ञान मैत्री कलेजका प्रमुख सातानन्द उपाध्यायले बताए । अहिले बिबिस कार्यक्रम मात्र रहेकोले पढाईमा विशेष जोड दिने गरेको उनको भनाई रहेको छ ।





