स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कैलालीमा एक किशोरलाई विवाहको रमाइलोमा कुटपिट

कैलाली । कैलालीमा, विवाहमा एक किशोरमाथि कुटपिट भएको छ । घोडाघोडी नगरपालिका-७ का ओमबहादुर तिमलाको छोराको विवाहमा रमाइलो गर्ने क्रममा १५ वर्षीय किशोरमाथि कुटपिट भएको प्रहरीले बताएको छ ।

उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । किशोरमाथि कुटपिटको आरोपमा चार जना पक्राउ परेका छन् । घोडघोडी नगरपालिका-७ बस्ने २३ वर्षीय आकाश विक, २९ वर्षीय मोहन बम, २२ वर्षीय तारेशु बोहरा र २७ वर्षीय दुर्गा पुनामीमगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए । पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको छ ।