स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कैलालीबाट अवैध सामानसहित ६ जना भारतीय नागरिक पक्राउ

धनगढी । कैलालीको टीकापुरबाट अवैध सामान सहित ६ जना भारतीय नागरिक पक्राउ परेका छन् । टीकापुर नगरपालिका–८ बटनपुरबाट भारतबाट अवैध रुपमा नेपालमा सामान भित्र्याउँदै गरेका ६ जना भारतीय नागरिक पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी तिकुनिया गाउँका ३० वर्षीय गुल्ला सिह, ४५ वर्षीय इब्राहिम खान, २१ वर्षीय सुसिल कुमार, २६ वर्षीय अमिल खान, २५ वर्षीय समिर खान र २६ वर्षीय साहिल खान रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


उनीहरुको साथबाट ३ लाख ९० हजार ८५० मुल्य बराबरको सुर्तीजन्य पदार्थ, जुत्ता, चप्पल, माला, साईकलसहित पक्राउ गरिएको छ ।

यस्तै धनगढी उप– महानगरपालिका–४, १२ र १५ बाट पनि प्रहरीले अन्दाजी ७४ हजार ९८० मुल्य बराबरको कपडा, किरानाका सामान र बच्चाका खेलौना बरामद गरिएको छ । बरामद गरेको भन्सार छलिको सामान र पक्राउ परेकालाई कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।