स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

गोदावरीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते


अत्तरिया । कैलालीको गोदावरीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । बुधवार साँझ अत्तरिया धनगढी ६ लेन सडक अन्तरगत गोदावरी नगरपालिका – १ मनहरा पुल नजिकै से १ ज १८७३ नम्बरको जिपले सुप प्र ०१००१० प २७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका हुन् ।

घाइते हुनेमा मोटरसाइकल चालक गोदावरी नगरपालिका – ६ बडेहाका १९ वर्षीय दीपेन्द्र राना र पछाडि सवार सोही ठाउँका अन्दाजी २६ का गोपाल चौधरी रहेका छन् । घाइते रानाको दुवै खुट्टामा चोट लागेको र चौधरीको वाँया खुट्टामा चोट लागेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।


घाइते दुवै जनाको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने जिप र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।