
सागर चौधरी /बौनिया । शुभ दिपावली तथा छठ पर्वको अवसरमा जानकी गाउँपालिका वडा नम्बर ४ मा १८ औं बृहत् सांस्कृतिक कार्यक्रम २०८१ हुने भएको छ ।

विगतका वर्षझै यसपालि पनि तिहारको अबसर पारी भाषा ,भेषभुषा ,कला संस्कृति हम्मर शान आदिवासी थारु हमरे बचाइ अपन पहिचान भन्ने नारासहित मुनुवा युवा क्लबको आयोजनामा १८ औं बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।
१८ औं बृहत् सांस्कृतिक कार्यक्रम कार्तिक १९ र २० गते दिउँसो २ बजे उद्घाटन गरिने जनाइएको छ । कार्तिक १९ गते क्लबआन्तर्गत कठरिया भाषाकाे ,नटाक प्रेमके भोगी , सथै विविध नृत्यको प्रस्तुत रहने छ, भने कार्तिक २० गते खुल्ला show डान्सको प्रस्तुत रहने छ । कार्यक्रमलाई सुव्यवस्थित सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था कडा पारिनेछ ।

कार्यक्रमको माध्यमबाट थारु समाजमा हराउदै गै रहेको परमपरागत चलनहरुको पुनः स्थापित गराउन यस्तो कार्यक्रमको आवश्यकता रहेको मुनुवा युवा क्लबले औल्याएको छ । यसरी समाजमा रहेको पौराणीक चलनले नै सभ्य समाज निर्माण हुनु र पहिचान जर्गेना गर्न सकिने क्लबका अध्यक्ष सुरेन्द्र कठरियाले बताएका छन ।

जानकी ४न वडा मा कठरिया थारु रितिरिवाज अनुसार थारु साँस्कृति चलनको प्रचार प्रसार र मुनुवा नमुना गाउँ बनाउने उदेश्यले १८ औं बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको मुल आयोजक समितिका संयोजक सुरेन्द्र कठरियाले जानकारी दिएका छन ।
साँस्कृतिक कार्यक्रम परापुर्ब काल देखिनै मानउने प्रचान छ । आज भोली संस्कृति संरक्षण गर्ने र प्रचार प्रसार हुने भएकोले सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाउने युवा पुस्ता वढी उत्साहित देखिन्छन ।

१८ औं बृहत् सांस्कृतिक कार्यक्रममा थारु समुदायका परिकार र कला संस्कृती र मौलिकता झल्काउने भेष भुषा र , सांस्कृतिक झाकी सहितको ,प्रदर्शन गरिने सास्कृतिक क्लब अध्यक्ष कठरियाले बताएका छन । कुनै पनि जाती तथा समाजको पहिचान भनेको नै कला संस्कृति रहेकोले कला,संकृतिको प्रबर्द्धन गर्नु सवैको दायित्व हो ।
१८ औं बृहत सांस्कृतिक कार्यक्रम-२०८१" कार्तिक १९ र २० गते आयोजना हुने खुला Show डान्स कार्यक्रममा सहभागी हुने इच्छुक दर्ताका लागि (सम्पर्क: अध्यक्ष-९८२४६८५५७४, सचिब-९८१४६६७८४४) जानकारी लिनुपर्ने अध्यक्ष बताएका छन ।




