स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

ललितपुरमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । ललितपुरको बागमती गाउँपालिका–३ माझखोलामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर भएका २८ वर्षीय चालक भरत लामिछाने छन् ।


माझखोलास्थित सडकमा बा २ च ९६६८ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई बुधबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा चालक भरत लामिछानेको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सहचालकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।