बौनिया । वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले न्युज अफ कैलाली सेभेन डटकमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत आज हामीले बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मिथुन गौतम सँग पाँचवटा प्रश्नहरु सोधेका छौं । प्रस्तुत छ, वडाध्यक्ष मिथुन गौतम सँग न्युज अफ कैलाली सेभेनका प्रबन्ध निर्देशक सागर चौधरीले गरेको कुराकानीको सम्पादित अंंश ।
१- जनतालाई चुनावको समयमा गरेका बाचाहरु मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?
पक्कै पनि निर्वचित भएको २वर्ष ६ महिना बिति सक्दा हिजो हामीले चुनावमा जाँदै गर्दा हाम्रो वडामा खानेपानी, विद्यालय र बाटोको समस्या प्रमुख थियो । हामी आएसंगै बर्दगोरियामा क्याम्पस थिएन अहिले बर्दगोरिया कलेज स्थापना भएर अहिले संचालनमा आएर पढाइ भइरहेकै छ ।पहिला बिजुलिपोल तार र होइम्पाइपको समस्य थियो। यो वर्ष भित्र सबै पूरा हुदैछ ,हामीले सबै बटो पानी पिचको काम सम्पन्न भएको छ भने सडक लाई कालोपत्रे गर्ने पनि योजना बनाउदै छौ ।

त्यसैगरी खानेपानीको क्षेत्रमा १नम्बर वडा बासीहरुले लगभग ११ सय जनाले धारा जोडिएको देखिन्छ । उपभोक्ताहरुलाई शुद्ध पानी खुवाउने काम अगाडि बढाएका छौं । त्यस्तै कृषक प्रोडेशन कार्यक्रम पनि हामीले अगाडि बढाएका छौं । सँगसंगै जेष्ठ नागरिक, अपाँगताहरुलाई सम्मान गर्ने कार्यक्रम अगाडी बढाएका छौं । दलित लक्षित क्षमता विकास कार्यक्रम अगाडि बढाएका छौं भने बालबालिकाहरुको क्षमता विकासकालागि स्टेशनरी सामग्री वितरणदेखि लिएर खेलाडीहरुलाई पोटेशन गर्नकोलागि खेलकुद प्रतियोगितासम्मको बजेट बिनियोजन गरेर हाम्रो वडाका हरेक गतिविधिहरु अगाडि बढाई रहेको अवस्था छ ।
२- वडाको समग्र गतिविधिहरु सञ्चालन गर्दा जनताबाट निर्वाचित भएर आएका वडा सदस्यहरुलाई सहभागी गराइदैन भन्ने गुनासो सुनिन्छ । तपाईको वडामा त्यस्तो छ, कि छैन् ?
हामी ५ जना निर्वाचित भएर आईसकेपछि प्रतिनिधि भनेको सबै प्रतिनिधि हौ। सबै जनताको भोटले निर्वाचित भएको हो । म कार्यभग दिदै गर्दा सबैलाई पलैपालो वडा सदस्यहरु दिएको छु , उहाँहरु लाइ पनी अनुभव होस कस्तो रहेछ वडा अध्यक्ष केके गर्नु पर्दो रहेछ त मैइले निरन्तर सबै वडा सदस्यहरु लाई बराबर हिसाबले हेरेको छु र सबै स- सल्लाहले काम अगाडि बढाएका छौ। कुनै प्रकारको गुनासो छैन ।
३ वडामा कलोपत्रे पनि देखिन्छ पानि पिचपनि देखिन्छ तर गुणस्तरीय काम भएको देखिदैन दीर्घकालीन सम्म चल्ने खाले योजना के छ ?
खासमा यो कालोपत्रे तेन्डार सिस्टममा भएकोले गुणस्तर काम हुन सक्दैन ६०%को लगतमा काम गर्छन् ४०% बचाउने सिस्टमले गर्दा गुणस्तरीय काम भएको देखिदैन , पालिकामा साधन पनि भाइसकेको अवस्था छ । पालिका मर्मत कालोपत्रे गरेउ भने गुणस्तरीय काम हुन्छ ।
४- वडाको समग्र समृद्धिकालागि तपाईका भावी योजनाहरु के छन् ?
हामीले गर्ने काममा जनताहरुलाई शिरमा राखेर रोजगारी, शिक्षा, खानेपानीको कुरा, पर्यटन विकासका कुरा, हामीले गर्ने तिनै हुन् । अझ गौरवको कुरा के छ भने वडा नं। १ मा राजकुल सामुदायिक वन लाई पर्यटकिय क्षेत्र पिक्निक स्पोर्ट्स बनाउने र पर्यटक भित्र्याउन सकिने बताएका छ्न
५- जनताको जनप्रतिनिधि र वडाध्यक्षको हैसियतले जनताहरुको जनगुनासो कत्तिको सुन्नु हुन्छ ?
सबै काम वडाले गर्छ अथवा वडाध्यक्षले नै गर्छ भन्ने आम जनताहरुको बुझाई छ । तर हामीले मात्रै चाहेर हुँदैन रहेछ । हामीले पनि हाम्रो वडा राम्रो बनाउछौं भनेर धेरै सपनाहरु देखेका छौं । अहिले वडामा जति सेवाग्राहीहरु आउनुहुन्छ उहाँहरुलाई सहज रुपमा सेवा दिने व्यवस्था गरेका छौं । जनताहरुको आशा भरोसा भनेकै वडा भएकाले हामीले टोलका अध्यक्षहरुलाई राखेर उहाँहरुको गुनासोहरु सुन्ने कामहरु गर्दै आएका छौ । जनताहरुमा निरासा ल्याउने काम हामीबाट भएको छैन्, उहाँहरु खुशी नै हुनुहुन्छ ।




