स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कैलाली बहुमुखि क्याम्पसमा शुलभ शुल्कमै बिएच एम पढाइ हुने

धनगढी। सुदूरपश्चिमकै अग्रणी शैक्षिक संस्था कैलाली बहुमुखी क्याम्पसले शुलभ शुल्कमा बिएच एम संकमयमा अध्यापन गराउने भएकाे छ ।

कैलाली बहुमुखि क्याम्पसमा बिएच एम पढाइ सुरू भएसंगै चर्काे शुल्क तिर्न नसकेर अध्ययन गर्न नसकेका विद्यार्थीलाई सहज हुने जनाईएकाे छ ।

स्वदेश तथा विदेशमा हाेटेल मेनेजमेन्टका लागि जनशक्तिकाे उच्च माग भईरहेकाे अवस्थामा विद्यार्थिलाई शुलभ मुल्यमा अध्यापन गराई राेजगार बन्ने अवसर प्रदान गर्न साे संकायमा पठनपाठन सुरुगरेकाे जनाईएकाे छ ।

हाेटेल मेनेजमेन्ट संकाय संचालनका लागि सुविधा सम्पन्न ल्याब सहित आवश्यक भाैतिक संरचना तयार गरिएको कैलाली बहुमुखि क्याम्पसले जनाएकाे छ ।

 विक्रम सम्वत २०३७ सालमा स्थापना भएकाे कैलाली बहुमुखि क्याम्पसले शुलभ शुल्कमै उच्च शिक्षा प्रदान गर्दै आएकाे छ । कैलाली बहुमुखी क्याम्पसले हाल सुदूरपश्चिम विश्व विद्यालय संग संबन्धन लगेकाे छ ।

कैलाली बहुमुखी क्याम्पसले सुलभ शुल्क, उत्कृष्ट भौतिक संरचना र हाइ स्ट्यान्डर्ड प्राक्टिकल ल्याबमा व्यवहारिक सिकाईलाई विशेष महत्व दिँदै आएकाे छ ।