
धनगढी । कैलालीको गोदावरी नगरपालिका १ मनहरा टोलका १९ वर्षीय कमल रिजाल खैरो हेरोइनसहित पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले रिजाललाई ५ सय ३० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) र नगद ३ हजार ९ सयसहित फेला पारि नियन्त्रणमा लिएको जनाएको छ।





