स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

देशभर आठ हजार बढी डेंगी संक्रमित

काठमाडौं । पछिल्ला नौ दिनमा एक हजार ३१३ जनामा डेंगी पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले जनाएको छ । योसँगै यो वर्ष ९सन् २०२४ सेप्टेम्बर ९ सम्म० देशभर डेंगी संक्रमितको संख्या आठ हजार १५९ पुगेको छ ।


सबैभन्दा धेरै तनहुँमा एक हजार ३०६ जना संक्रमित भएका छन् । कास्कीमा एक हजार ४०, स्याङ्जामा ७४९, काठमाडौंमा ६८७ र चितवनमा ५८९ जनामा डेंगी पुष्टि भएको छ ।यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५०० भन्दा कम छ । यो वर्ष डेंगी संक्रमणबाट पाँचजनाको मृत्यु भइसकेको छ ।हुम्ला र डोल्पाबाहेकका ७५ जिल्लामा डेंगी फैलिएको ईडीसीडीले जनाएको छ ।