स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

अक्सफोर्डका प्राध्यापक ३ महिनाको लागि एस।पी।ए कलेजमा


धनगढी । धनगढीको एस।पी।ए कलेजमा प्रोफेसर क्रिस वाल्टर्सले थिएटर र आर्ट सम्बन्धी अध्यापन गराउने भएका छन् । बुधवार एस।पी।ए कलेज पुगेका यु।के ( युनाइटेड किङडम) अक्सफर्डका नागरिक प्रोफेसर वाल्टर्सले ३ महिना थिएटर र आर्टमा रुचि भएका विद्यार्थीहरूलाई अध्यापन गराउने भएका हुन ।

एस।पी।ए कलेजका विद्यार्थीहरूको थिएटर एण्ड आर्ट क्लबले ओ।डी।सी मा प्रस्तुत गर्नका लागि सेक्सपीयरन नाटक र अन्य स्थानी नाटकहरू निर्माण गर्न गइरहेको छ । उक्त कार्यका लागि विद्यार्थीहरू लाई प्रोफेसर क्रिस वाल्टर्सले महत्त्वपूर्ण सहयोगी भूमिका खेल्ने छन् । भने गीत संगितको निर्माण, डाइरेक्सन लगायतका विषयहरू पनि विद्यार्थीहरूलाई सिकाउने छन् ।


 वाल्टर्स सँग विगत ५० वर्ष देखी नाटक, थिएटर, संगीत, निर्देशन लगायतका क्षेत्रमा युके, साउथ अफ्रिका, भारत, ग्रिक आइल्याण्ड, अफगानिस्तान, इथोपीया लगायतका विश्वभरका विभिन्न देशका युवाहरू, वयस्कहरू र विविध समुदायहरूसँग काम गरेको अनुभव छ । भने उनी अन्तर्राष्ट्रिय स्तरका अब्बल प्रोफेसर हुन् ।


 
आफ्नो अनुभवलाई साक्षी राख्दै प्रोफेसर वाल्टर्सले यस।पी।ए परिवार र यहाँका विद्यार्थीहरू सँग काम गर्न उत्साहित रहेको बताएका छन् । 


प्रोफेसर वाल्टर्सलाई स्वागत गर्दै एस।पी।ए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले क्रिस विशिष्ट परिस्थितिहरू र दर्शकहरू अनुरूप बेस्पोक नाटकहरू सिर्जना गर्नका लागि निकै परिचित रहेको बताएका छन् ।

एक कुशल नाटककार र लचिलो शिक्षकको रूपमा प्रोफेसर वाल्टर्सको अभिनव दृष्टिकोण र थिएटर प्रतिको जुनूनले हाम्रो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू मा नयाँ र प्रेरणादायी ऊर्जा ल्याउनेमा क्याम्पस प्रमुख उपाध्यायको विश्वास व्यक्त गरे ।