स्वागतम्
  • न्युज अफ कैलाली 7 मा हजुरलाई स्वागत छ । यस न्युज पाेर्टलबाट देश बिदेशकाे सत्य तथ्य समाचार, जानकारी पढ्न सक्नु हुनेछ । साथै न्युज अफ कैलाली 7 काे अनलाइन रेडियाे विश्वभरी एकसाथ २४ औं घण्टा ननस्टप सुन्न सक्नु हुनेछ ।

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र एक जना सदस्य सचिव मनोनयन गरेको छ ।

कांग्रेसका सभापति गगनकुमार थापाले महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित ‘नेपाली कांग्रेस विधान मस्यौदा समिति’ मा चार जना केन्द्रीय सदस्यलाई सदस्य मनोनयन गरेका हुन् ।

सभापति थापाले केन्द्रीय सदस्यहरू जीवन परियार, राजीव ढुंगाना, कुसुमदेवी थापा मगर र अञ्जु झालाई समितिको सदस्यमा मनोनयन गरेका छन्। त्यस्तै, प्रताप पौडेललाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै सभापति थापाले विधान मस्यौदा समितिमा सदस्य तथा सदस्य सचिव मनोनयन गरेको उल्लेख गरेका छन् । महामन्त्री पौडेलको संयोजकत्वमा रहेको समितिले पार्टीको विधान संशोधन तथा नयाँ मस्यौदासम्बन्धी काम गर्नेछ ।